बझाङ दुर्घटनामा मन्त्री दम्पत्तीकै अवस्था गम्भीर, काठमाडौं लैजाने तयारी

धनगढी- सुदूरपश्चिमको बझाङमा भएको दुर्घटनामा परेका मन्त्रीका दम्पत्तिसहित ५ जनाकै अवस्था गम्भीर रहेको छ। सूदुरपश्चिम प्रहरी प्रमुख डीआईजी भरतबहादुर सिंहका अनुसार दुर्घटनामा मंगलबार दिउँसो बझाङ केदारस्यु गाउँपालिका-१ झारछडा स्थित जयपृथ्बी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको हो।

Dadeldhura hospital

डडेल्धुराबाट चैनपुर बझाङतर्फ आउँदै गरेको सु प प्र ०१००१ झ ४८० नम्बरको गाडीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्बी बहादुर सिंहसहित ५ जना सवार थिए। गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालङगा नदीको किनारमा खसी दुर्घटना भएको हो।

Navadurga sun
Godawari sandesh

तत्काल प्रहरी टोली खटिई गई उद्वार गरी घाइतेहरुलाई उपचारको लागी रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा बझाङमा पुर्‍याएको छ। घाइतेहरुलाई थप उपचारको लागी काठमाडौं लैजाने तयारी भइरहेको छ। सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ।

दुर्घटनामा सूदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्बी बहादुर सिंह, उनकी पत्नी ५० वर्षीया अमृता सिंह, चालक ३५ वर्षीय धर्मराज जोशी, बझाङ जपृथ्बी नगरपालिका १० का ६० वर्षीया जयादेवी सिंह र मन्त्रीका पीएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारी घाइते भएका छन्। चालकको अवस्था मध्यम र अन्य चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

 

Loading...