धनगढी- कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी नमूना माविको १२ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले भवनको शिलान्यास गरेका हुन ।




भवन निर्माणका लागि संघिय सरकारबाट १ करोड रकम विनियोजन भएको दुर्गालक्ष्मी नमूना माविका अध्यक्ष गणेश शाहले बताए । उनले भवन निर्माणको काम निर्माण उपभोक्ता समितिमार्फत भइरहेको बताए ।


कक्षा १२ सम्म अध्यापन हुने उक्त विद्यालयमा हाल ३ हजार ५ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन । हाल भवन अभावका कारण २ सिफ्टमा विद्यार्थीलाई अध्यापन गराउनु पर्ने बाध्यता रहेकोमा ३ तले १२ कोठे भवन निर्माण पछि सबै विद्यार्थीलाई एकै सिफ्टमा पढाउन सहज हुने अध्यक्ष शाहले बताए । दुर्गालक्ष्मी माविमा अंग्रेजी र नेपाली माद्यममा अध्यापन हुँदै आएको छ ।




