धनगढी- कैलालीको गेटाबाट लागुऔषध सहित क्लिनिक सञ्चालक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट जाने मोडमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन् ।



डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ का बागले सञ्चालन गरेको क्लिनिकमा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार बागले सञ्चालन गरेको क्लिनिकबाट त्रिंगा सप्ट नामक लागुऔषध ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता बरामद गरिएको बताए ।
कैलाली गाउँ प्रहरी चौकीको समूहले उनलाई नियन्त्रणमा लिएको बताएका छन् । क्लिनिक सञ्चालकमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन् ।





