समाजवादी मोर्चाको घोषणा सोमबार ३ बजे

काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी०, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको घोषणा सोमबार हुने भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको यी राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले समाजवादी मोर्चा घोषणाको निर्णय गरेका हुन् ।

Dadeldhura hospital

समाजवादी मोर्चा घोषणाका लागि कार्यदल नै गठन गरिएको छ । कार्यदलको गृहकार्यअनुसार सोमबार दिउँसो ३ बजे समाजवादी मोर्चा घोषणा हुन लागेको हो । जसपाका नेता राजेन्द्र श्रेष्ठले समाजवादी घोषणा सोमबार ३ बजे राष्ट्रिय सभागृहमा हुने बताए ।

Navadurga sun
Godawari sandesh

‘सुरुवातदेखि नै छलफलमा सहभागी राजनीतिक दलहरू सहभागी भएको समाजवादी मोर्चा घोषणाको गृहकार्य भएको हो । आलोपालो नेतृत्व, नीतिगत सहमतिको प्रतिबद्धतापत्र, साझा न्यूनतम कार्यक्रमलगायतका कार्यक्रम भोलि ३ बजेको कार्यक्रममा स्पष्ट गर्छौं,’ उनले भने, ‘संगठनात्मक आचारसंहिता पछि तय गर्ने भनेर सहमतिपत्रमा नै लेख्ने तयारी भइरहेको छ ।’

एकीकृत समाजवादी पार्टीका नेता जगन्नाथ खतिवडाले पनि सोमबार समाजवादी मोर्चाको घोषणाको तयारी भएको बताए । समाजवादी मोर्चा निर्माणका लागि तयारी गर्न बसेको कार्यदलको सोमबारको बैठकमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मालगायतको उपस्थिति थियो ।

 

 

Loading...