कैलालीमा भरुवा बन्दुक सहित एक जना प्रकाउ

Dadeldhura hospital

कैलाली- कैलालीमा भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको कैलारी गाउँपालिका – ८ पृथ्वीपुरका ५५ वर्षिय दयाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको घरबाट दुई थान एकनाले भरुवा बन्दुकसहित चार डिब्बा बारुद, ३६ थान गोली, २४ वटा सिसा, आठवटा केप र एक थान कम्पास लुकाइछिपाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...