कञ्चनपुर प्रहरीद्वारा १ लाख बराबरको अबैध सामान बरामद





कञ्चनपुर, २८ जेठ- कञ्चनपुर प्रहरीले १ लाख बराबरको अबैध समान बरामद गरेको छ । लालझाडी गाउँपालीका चानदेबबाट भारतबाट भन्सार छली ल्याएको बेवारिसे अवस्थामा रहेको १ लाख बराबरको अबैध सामान बरामद गरेको हो ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार, छली चोरी पैठारी गरी ल्याएका प्लाष्टिक पाईप, युरिया मलखाद, चिनी र १ (एक) थान मोटरसाइकल लगायत अन्दाजी १ लाख ५ हजार ५ सय बराबरको समान बेवारिसे अवस्थामा रहेको सामान बरामद गरेको प्रहरीले जनाएको छ । आवश्यक कारवाहीको लागी उक्त सामानहरु भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।



