वर्षा नलाग्दै कर्णालीको कटान सुरू : खतरामा टीकापुर पार्क

 

gyan kendra dadel

टीकापुर- कर्णाली नदी किनारको ऐतिहासिक टीकापुर पार्क नदीको कटानका कारण खतरामा परेको छ । २०२८ सालमा निर्माण भएको ऐतिहासिक टीकापुर पार्क कर्णाली नदीको कटानका कारण खतरामा परेको हो ।

Khanepani dadeldhura

वर्षा नलाग्दै पार्कको माथिल्लो भागबाट कर्णाली नदीले कटान सुरू गरेको छ । राष्ट्रिय गौरबको रानी,जमरा,कुलरिया सिँचाइ आयोजनाले पटक–पटक ताराजालीसहितको तटबन्ध गरेको भए पनि नदीले केही दिनदेखि पार्कको भैरब मन्दिर छेउबाट कटान सुरु गरेको हो । कटानका कारण तटबन्ध समेत भत्किएको छ ।

ajaymeru gaupalika

पार्कको माथिल्लो भागबाट वर्षा नलाग्दै कटान गरिरहेको नदीका कारण ऐतिहासिक पार्क खतरामा पर्नुका साथै दर्जनौं गाउँबस्ती डुबानमा पर्ने स्थानीय बताउँछन् ।

स्थानीय रङ्गप्रसाद अधिकारीले रानी,जमरा, कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको तटबन्ध कमजोर र गुणस्तरहीन बनेका कारण ऐतिहासिक पार्क नै खतरामा परेको बताए । ‘नेपालकै लागि यो ऐतिहासिक पार्क हो, वर्षा लागेकै छैन नदीले कटान तीब्र पारेको छ’ अधिकारीले भने, ‘यस्तै तरिकाले कटान सुरु भए टीकापुर पार्कलगायत दर्जनौं बस्तीमा कर्णाली नदी पस्ने खतरा छ ।’

udhok dadeldhura

केही वर्षदेखि आयोजनाले कमाण्ड एरिया संरक्षण गर्ने भन्दै कर्णाली नदीमा तारजालीसहित तटबन्ध निर्माण गर्दै आएको छ । उक्त तटबन्धमा प्रयोग भएको सामग्री कमसल भएकाले बर्सेनि तटबन्ध भत्किने गरेको स्थानीय टेकेन्द्र धामी बताउँछन् ।

‘आयोजनाले हरेक वर्ष तटबन्ध गरिरहेको छ,तर यसमा प्रयोग भएको तारजाली, गिट्टी, ढुङ्गा निकै कमसल छ, जसले गर्दा यो वर्ष बाँधको तारजाली अर्को वर्ष नपुग्दै भत्किने अवस्था आएको हो,ु धामीले भने ‘कर्णाली नदीजस्तो नेपालकै लामो नदीमा कच्चा तटबन्धले नदी नियन्त्रण हुन सक्दैन, यसका लागि आयोजनाले आरसीसी नै गर्नुपर्छ । नत्र कर्णाली जतिबेला पनि गाउँ पस्ने खतरा हुन्छ ।’

नदीले कटान सुरु गरेपछि टीकापुर नगरपालिका वडा नं। ५, ६, ७, ८ रु ९ का स्थानीयहरु त्रसित बनेका छन् । गर्मीका कारण हिमालमा हिउँ पग्लिदा कर्णाली नदीको सतह बढ्दै गइरहेको छ । वर्षायाममा नियन्त्रण भन्दा बढी बाढी आउने गरेको नदी गाउँ पस्ने खतरा बढेको हो ।

टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले नदीले कटान सुरु गरेपछि नियन्त्रणका उपायहरूबारे आयोजनासँग निरन्तर छलफल र परामर्श भइरहेको बताए । ‘हामीले आयोजनासँग निरन्तर छलफल र परामर्श गरिरहेका छौं,ुउपप्रमुख शाहले भने, ‘तत्कालका लागि ठूला बोल्डरले कटान नियन्त्रण गर्ने र दीर्घकालका लागि पक्की तटबन्ध नै निर्माण गर्नुको विकल्प छैन ।’

नदीले उक्त क्षेत्रबाट कटान गरे ८३ विघा क्षेत्रफलमा फैलिएको ऐतिहासिक टीकापुर पार्क जोखिममा पर्नेछ । टीकापुर पार्क क्षेत्रमा कर्णाली नदीले गरेको कटान । कटानका कारण निर्माण गरिएको तटबन्ध भत्किएको छ ।

Loading...