चिकित्सक शाह मृत्यु प्रकरण : प्रेमी कारागार चलान, अर्का युवक छुटे

gyan kendra dadel

धनगढी- गत जेठ ४ गते धनगढीमा डाक्टर मृत भेटिएको घटनामा उनका प्रेमी भनिएका डाक्टरलाई कारागार चलान गरिएको छ। आफ्नै घरको कोठामा मृत भेटिएकी धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना शाहको आत्महत्या दुरुत्साहन मुद्दामा डा. सन्दीप भट्टराईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

Khanepani dadeldhura
udhok dadeldhura

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले सोमबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि भट्टराईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जानकारी दिए। सोही मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका धनगढीकै विकल केसी भने ५० हजार धरौटी बुझाएर तारेखमा छुटेका छन्।​

ajaymeru gaupalika

मृतक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीका आधारमा प्रहरीले माया मेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीलाई गत जेठ ६ गते पक्राउ गरेको थियो।

कारागार चलान भएका भट्टराई र मृतक शाह प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ। डा. भट्टराईले विवाहको प्रस्ताव अस्वीकार गर्दा शाहले झुन्डिएर आत्महत्या गरेको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए।

 

Loading...