डडेल्धुरा–डोटी जोड्ने सडक दैनिक ४ घण्टा अवरुद्ध हुने

धनगढी- डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ। डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने राजमार्गको रडुवास्थित पहिरो रोकथाम तथा सडक स्तरोन्नतिको कार्य सञ्चालन हुने हुँदा एक हप्ता दैनिक ४ घण्टा सडक अवरुद्ध हुने भएको हो।

Dadeldhura hospital

सडक डिभिजन कार्यालय कुलपाते डोटीका अनुसार यही जेठ ३० गतेदेखि असार ४ गतेसम्म बिहानको ११ बजेदेखि दिउँसोको ३ बजेसम्म सडक पूर्णरूपमा अवरुद्ध हुनेछ। सडक डिभिजन कुलपातेले सडक अवरुद्ध भएको बेला वैकल्पिक बाटोको प्रयोग गर्न यात्रुलाई अनुरोध गरेको छ।

Navadurga sun
Godawari sandesh

२०७८ कार्तिक महिनामा परेको अविरल वर्षाका कारण पहिरो खस्दा रडुवामा सडक भासिएको थियो। सडक भासिँदा एक साता अवरुद्ध भएको राजमार्ग त्यसयता पटक–पटक पहिरो खस्दा अवरुद्ध हुँदै आएको छ।

 

 

Loading...