सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। सभामुख भीमबहादुर भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्।

‘हुन्छ भन्ने माननिय सदस्यहरुभन्दा हुन्न भन्ने माननिय सदस्यको संख्या न्यून देखिएकोले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु’ सभामुख भण्डारीले भने।

Navadurga sun

यसअघि सभामा भाग लिँदै प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मानसखण्ड र खप्तड सम्मेलनले सुदूरपश्चिमका पर्यटकीय तथा धार्मिक क्षेत्रको पहिचान गर्न सहज भएको बताए।

सिकलसेलको निःशूल्क परीक्षण तथा उपचार हुनुपर्छ भनेर सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको उनले बताए। उनले केही स्थानमा उपकरण बिग्रँदा परीक्षणमा समस्यामा भएको बताए।

यस्तै उनले उर्जा क्षेत्रलाई विशेष महत्त्व दिएर काठमाडौंमा रहेका विज्ञहरुसँग छलफल चलाएको पनि बताए। उनले उर्जा क्षेत्रलाई अगाडि बढाउन चाहेको बताए। उनले भने, ‘नीजि क्षेत्र, संघीय तथा स्थानीय तहसँग समन्वय गरेर उर्जा क्षेत्रलाई विशेष प्राथमिकता राखेर अघि बढ्छौं।’

प्रतिपक्ष दल बलियो हुनुपर्छ भन्ने सत्तापक्षको मान्यता रहेको मुख्यमन्त्री शाहले बताए। उनले भने, ‘टिकाटिप्पणी हुनुपर्छ। सुझाव आउनुपर्छ। हामी प्रतिपक्षीको भूमिका खोज्छौं। टिप्पणी नाकारात्मकमात्र होइन। सरकारका सकारात्मक कुरा पनि प्रतिपक्षले उजागर गर्नुपर्छ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...