प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सुनुवाइ हुँदै

gyan kendra dadel

काठमाडौं– बाल सेना दुरुपयोग लगायत आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज (मंगलबार) सुनुवाइ हुँदै छ।

Khanepani dadeldhura
udhok dadeldhura

पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ हुन लागेको हो। माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ।

ajaymeru gaupalika

द्वन्द्वकालीन घटनासँग जोडिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको यो दोस्रो रिट हो। यसअघि द्वन्द्वकालमा मारिकामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेको सन्दर्भमा कारबाहीको माग गर्दै प्रचण्डविरुद्ध दायर भएको रिट सर्वोच्चमा विचाराधीन छ। उक्त रिटमा लिखित जवाफ मागिएको छ।

 

Loading...