दार्चुलामा यार्सागुम्बा संकलन गरी घर फर्किरहेकी एक बालिकाको मृत्यु

धनगढी- दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । व्याय गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही गाउँपालिका–२ मालकी १४ वर्षीया आरती कार्कीको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।

Dadeldhura hospital

हिउँमा चिप्लिएर घाइते भएको उनको थप उपचारका लागि दार्चुलाबाट अन्यन्त्र लैजानेक्रममा आइतबार राति बाटोमै मृत्यु भएको हो । जिल्ला अस्पतालमा भर्ना गरिएकी उनलाई थप उपचारका लागि भारतको हल्द्धानी रेफर गरिएको थियो।

godawari10 Mahila hinsa
Navadurga sun

लैजादै गर्दा बाटोमै मृत्यु भएको उनका काका हर्क सिंह कार्कीले जानकारी दिए। मृतक बालिका खलंगास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन्।

 

Loading...