गेटामा विश्वविद्यालय सुदूरपश्चिम कै आवश्यकता हो, तुरून्त पूरा गरियोस् : भीम रावल

काठमाडौं- नेकपा एमालेका नेता डा. भीम रावलले कैलालीस्थित गेटामा निर्माणाधीन सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिम कै आवश्यकता भएको बताएका छन् ।

विश्वविद्यालय स्थापनार्थ आन्दोलन चर्किरहेका बेला डा। रावलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले सुदूरपश्चिमका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको भन्दै प्रश्न गरे ।

Navadurga sun

उनले लेखेका छन्, ‘कैलालीको गेटामा शिक्षण अस्पताल सहितको विश्वविद्यालय बनाउने भनी धेरै ठूलो लगानी गर्दै भवन लगायतका पूर्वाधार बनिसकेपछि सरकारले अन्यथा गरी त्यहाँका जनतालाई आन्दोलन गर्न किन बाध्य पारेको रु जनताको माग सुदूरपश्चिम कै आवश्यकता हो।तुरून्त पूरा गरियोस्।’

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्तालसमेत गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले सरकारले २०७९ माघ २९ गतेका दिन मन्त्रिपरिषद् र जेठ ५ गते नीति तथा कार्यक्रममा पास गरे अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गर्दै आएको छ ।

सरकारले जेठ १५ गते संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर १ सय शय्याको मात्रै अस्पतालमा सीमित पारेपछि सङ्घर्ष समितिले आन्दोलन चर्काएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...