कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ

धनगढी- कैलालीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। कैलारी गाउँपालिका–७ बसन्तामा रामपुरबाट ५४ वर्षीय सुकानु चौधरीलाई से ७ प २५०४ नम्बरको कुटी चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो।

Dadeldhura hospital

चौधरीको साथबाट ३८ ग्राम ४८० मिलिग्राम लागुऔषध खैरोहिरोईन फेलापारी लागुऔषध ब्युरो नेपालगंज र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिवार पक्राउ गरेको हो।

Navadurga sun
Godawari sandesh

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट कञ्चनपुर पुनर्वास नगरपालिका–११ का ४२ वर्षीय बिक्रम सुवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले १६० मिलिग्राम ब्राउन सुगरसहित सुवाललाई पक्राउ गरेको हो।

यस्तै शनिवारनै टिकापुर नगरपालिका–४ अस्नेरीमा २३ वर्षीय गणेश कार्कीसहित २ जनाबाट ६० मिलिग्राम लागु औषध खैरो हेरोईन फेलापारी प्रहरीले बरामद गरको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Loading...