थप १ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १०

काठमाडौं- थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ७५४ नमुना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Bhancha ghar0

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ र एन्टिजेनबाट ७४१ नमुना परीक्षण गर्दा एन्टिजेनबाट एकको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा एक जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १० पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

Leave A Reply

Your email address will not be published.