सुनकोशीमा सिटिइभिटीका बेपत्ता कर्मचारीको शव फेला

काठमाडौं- सुनकोशीमा सिटिइभिटीका बेपत्ता कर्मचारीको शव फेला परेको छ। शनिबार बिहान ८ बजे पुर्वीनवलपरासी प्रगती नगरपालिका-७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

उनी सिटिइभिटीका योजना महाशाखाका निर्देशक थिए। गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उक्त दुर्घटना हुँदा दुई जना कर्मचारीको शव फेला परिसकेको थियो। शनिबार भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका-५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो।

प्र.३-०१-००२ झ ४९८५ नम्बरको गाडीमा भुर्तेलसहित चार जना भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए। दाङका चालक कृष्ण चौधरीले पौडी खेलेर आफ्नो ज्यान बचाउन सफल भएका थिए।

तर त्यसमा सवार सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको मृत्यु भएको हो। उनीहरूको शव र गाडी गत जेठ २३ गते फेला परेको हो।

Loading...