गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बन्न सफल भयो : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन्।

Dadeldhura hospital

शनिबार भक्तपुरमा कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले कांग्रेस बलियो र सक्षमका साथै जनस्तरबाटै अघि बढ्न सके प्रजातन्त्र सुदृढ भएर जाने बताएका हुन्।

Navadurga sun
Godawari sandesh

उनले पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई बलियो बनाउँदै गाउँ गाउँ घर घरमा पुराउनुपर्नेमा जोड दिए। अहिले गठबन्धनको सरकार देशमा रहेको भन्दै गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बन्न सफल भएको उनले बताए।

Loading...