त्रिदेशीय नाका टिंकरमा व्याँसको कार्यपालिका बैठक बस्दै

दार्चुला- पहिलोपटक व्याँस गाउँपालिकाको टिंकरमा गाउँ कार्यपालिका बैठक बस्दै छ। व्याँस गाउँपालिका–१ को टिंकर गाउँमा २०औँ गाउँ कार्यपालिका बैठक आज (शुक्रबार) बस्न लागेको हो।

बैठकको लागि गाउँ कार्यपालिकाको पूरै टिम बिहीबार व्याँसको टिंकर पुगेको गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए।

Navadurga sun

टिंकर नाका खोल्न दबाब दिन तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर सम्भावनाको खोजी गर्न टिंकरमा कार्यपालिका बैठक बस्न लागेको उनले बताए।

बम त्रिदेशीय नाका रहेको व्याँसको वडा नम्बर १ भारत र चीनसँग सीमा जोडिएको छ। त्रिदेशीय नाका जोड्ने महाकाली करिडोरअन्तर्गत दार्चुला टिंकर सडकले गति लिएको छैन।

सरकारलाई त्रिदेशीय नाकामा बैठक बसालेर ध्यानाकर्षण गराउने उद्देश्यले बैठक टिंकरमा राख्नुपरेको उनले बताए। उनीहरू बैठक बस्न भारतीय बाटो हुँदै टिंकर पुगेका छन्।

भारतीय प्रशासनको अनुमति लिएर गाउँ कार्यपालिका सदस्य व्याँसको टिंकर पुगेका छन्। यस्तै, उनीहरूले छाङरुमा निर्माण गरिएको नेपालको नक्सा अंकित सीमास्तम्भको समेत अवलोकन गरेका छन्।

टोलीले कोभिड १९ सुरु भएपछि बन्द भएको टिंकर नाका खुलाउन राज्यको ध्यानाकर्षण गराउने भएका छन्। नेपाल–चीन सीमास्तम्भसम्म अवलोकन गर्नेसमेत कार्यक्रम तय गरिएको छ।

ADD Khali jpg
Loading...