दार्चुला बसपार्कमा घाइते पुरुष फेला

Dadeldhura hospital

दार्चुला- दार्चुला सदरमुकाम खलंगास्थित बसपार्क नजिक बेहोस भएका एक पुरूष फेला परेका छन्। आइतवार बिहान करिब ३ बजेको समयमा अन्दाजी ३५ वर्षका ती पुरूष फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले उनको उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा पुगाएको थियो।

उनको स्वास्थ अवस्था गम्भीर रहेको बताइएको छ। उनलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने हुँदा उनलाई चिन्ने व्यक्तिले आफन्तलाई खबर गरी वा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अस्पताल दार्चुलामा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ। घाइते पुरूषको टाउकोमा गम्भीर चोट देखिन्छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...