मोडलिङमा जमेका डडेल्धुराका गणेश

हेमराज भट्ट\काठमाडौं – सानो छदाँ विभिन्न चलचित्र तथा भिडियोहरु हेदाहेर्दै उनको मनमा सधै एउटै कुरा खेलिरहन्थ्यो ,म पनि यसरी नै टिभीमा अर्थात पर्दामा देखिन पाए हुन्थ्यो । उहाँहरुको जस्तै मैले पनि भिडियोहरुमा नाच्न र अभिनय गर्दै सबैलाई देखाउन पाए हुन्थ्यो । तर यो कुरा उनका लागि तत्काल सम्भव थिएन ।

डडेल्धुराको गन्यापधुरा ४ को एक विकट गाउँमा जन्मिएका गणेश भट्टको यो हुटहुटी लामो समय सम्म रहिरह्यो । सानै देखी गीत, संगीत भन्ने बित्तिकै हुरुकै हुने उनी चलचित्र तथा म्युजिक भिडियोहरुमा कलाकारहरुले गरिरहेको अभियनलाई दुरुस्तै कपी गर्दै पर्दामा देखिने सपना बुनिरहन्थ्ये । हालको एसईई भनिने त्यति बेलाको एसएलसी परीक्षा गाउँकै विधालयवाट पास गरिसके पछि उच्च शिक्षा अध्ययनका लागि उनी आफ्नो जन्मभूमि छोडेर २०६९ सालमा तराई धनगढीमा झरे ।

त्यसपछि उनले केही बर्ष धनगढीमै बसेर पढाई सुरु गरे । धनगढीवाट प्लस टु पास गर्र्दैगर्दा उनले सानै देखी देखेको आफ्नो सपनालाई पनि बिर्सिएका थिएनन् । त्यही सपना बोकेर २०७२ सालमा उनी सपनाको शहर मानिने राजधानी काठमाडौं होमिए । राजधानी आइसकेपछि उनलाई सुरुमा त काठमाडौंलाई चिन्नु थियो र यहाँ टिक्नु थियो ।
उनले काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसमा पढाइ गरे । एकतिर पढाइ र अर्कोतिर आफ्नो सपना र भविष्य बोकेका उनले पढाईसंगै विभिन्न ठाउँहरुमा काम गर्दै जेनतेन आफ्ना संघर्षहरु दिनहरु कटाए । आफ्नो समाज र युवा पिडिहरुलाई अब राजधानीमै बसेर जस्तो सुकै कठिन परिस्थिती भएपनि केही गर्नुपर्छ र केही दिनुपर्छ भनेर लगनशिलताका साथ आफ्नो सपनालाई अगाडी बढाउदै गए । मध्यम परिवारमा जन्मिएका भट्टलाई कहिले काही लाग्थ्यो यो सबै छोडेर विदेश पो जानुपर्छ होला । तर त्यो कुरा उनको भित्रि मनले मानेन ।

समाजसेवीको भावना समेत रहेका भट्टलाई आफ्नै देशमा बस्नुपर्छ र यही केही गर्नुपर्छ भन्ने कुराले विदेश जाने कुरालाई रोकेर राखेको थियो । उनको पहिलो इच्छा त मोडलिङ गर्ने थियो । यही क्षेत्रवाट आफ्नो देशको कला, संस्कृती , भेषभूषा र यहाँको पहिचानलाई विश्वभर चिनाउने । तर गाउँवाट एकाएक यति ठूलो शहर पसेको न कसैसंग चिनजान , न त कसैसंग प्रगाढ सम्बन्ध । उनलाई ति दिनहरु काट्न साह्रै गाह्रो भैरह्यो । तर आफूमा दृढ विश्वास र इच्छाशक्ति भएका भट्टलाई ति दुख पिडालाई केही कुराले रोकेन ।

यही क्रममा २०७७ सालमा उनको पहिलो ढोका खुल्यो । पहिलो पटक उनले २०७७ मा बिरानो ठाउँमा बोलको दसैं गीतमा अभिनय गर्ने मौका पाए । उनको आफ्नै भोगाइ जस्तै रहेको गितलाई अभिनय मार्फत पर्दा अगाडी ल्याएपछि धेरै दर्शकहरुले रुचाएपछि उनलाई यसवाट थप प्रेरणा र हौसला मिल्यो । उनको पहिलो खुड्किलोले केही सफलता पाएपछि उनले आफ्नो कलाकारिता क्षेत्रमा नयाँ आयाम दिनेगरि यसलाई अझै सशक्त रुपमा अगाडी बढाउदै लगे । विस्तारै उनी दर्शकश्रोतासंगै निर्माता र निर्देशकहरुको नजरमा पर्दै गए । यही क्रममा उनले एकपछि अर्को गर्दै हालसम्म दर्जनौ बढी लोकप्रिय गितहरुमा अभियन गरिसकेका छन् । यो क्षेत्रमा लागेको छोटो समयमै उनले उत्कृष्ट अभिनय गरेबाफत विभिन्न पुरस्कार र अवार्डहरु पाइसकेका छन् । सानैदेखीको मेरो सपनालाई विस्तारै साकार गर्ने तर्फ लागेको जस्तो अहिले अनुभव भैरहेको छ उनी भन्छन् मेरो यस यात्रामा धेरैको साथ समर्थनहरु पनि पाए र अझै पाउने अपेक्षा सहित हिजो पनि संघर्षमै थिए , आज पनि त्यही संघर्षमा छु ।

उनीले केही महिना अघि राजधानीमा आयोजित एक भब्य कार्यक्रममा निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीको हातवाट एउटा महत्वपूर्ण अवार्ड प्राप्त गरेका थिए । सांगीतिक क्षेत्रको उत्कृष्ट अवार्डका रुपमा मानिदै आएको रारा म्युजिक अवार्ड २०७९ पाएका हुन् । यस्तै उनी चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ को नोमिनेसनमा परेका थिए ।

उत्कृष्ट अभिनय गरेबापत नोमिनेसनमा परेपछि उनले यसलाई आफ्नो ठूलो सफलता मानेका छन् । राष्ट्रपतिको हातवाट अवार्ड पाएपछि यो क्षेत्रमा अझै धेरै गर्न सकिन्छ र आफूपछिको पिडिहरुलाई पनि केही दिन सकिन्छ भन्ने उद्देश्यले उनले अहिले आफ्नो साधनालाई पहिलो प्राथमिकतामा राख्दै अघि बढिरहेका छन् । उनले अब आफ्नो लक्ष्य भनेको आफ्नै क्षेत्रवाट आफू जन्मिएको भूमिका लागि केही गर्ने सोच बनाएका छन् ।

बिषेश गरि सुदूरपश्चिम प्रदेशका लोप भैरहेका कला, संस्कृति ,भेषभूषा र चालचलनलाई देशभित्र मात्रै नभएर अन्तराष्ट्रिय स्तर सम्म चिनाउनका लागि आफू लागिरहेको भट्ट बताउँदछन् । हाम्रो देशभित्र हिमाल , पहाड र तराई सम्म फैलिएको छुट्टाछुटै परम्परा, संस्कृती भेषभूषा र चालचलनलाई विश्वभर चिनाउन फरक फरक वित्तचित्र मार्फत विश्वसामु चिनाउनु अबको मेरो अभियान रहेको उनले बताए । उनले यसका लागि आर्थिक रुपमा अगाडी बढ्न केही कठिनाइ भएपनि आफ्नो यस अभियानमा स्थानिय सरकार देखी प्रदेश र केन्द्र सरकारसंग सहयोगको अपेक्षा गरेको बताएका छन् । सबैको साथ समर्थन र हौसलावाट यो सम्भव भएकाले आफूले यसलाई केही बर्षभित्र पुरा हुने उनको विश्वास छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.