पूर्वप्रधानमन्त्री खनाललाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न एकीकृत समाजवादीको माग

काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ।एकीकृत समाजवादीले बुधबार विज्ञप्ति प्रकाशित गरी खनाल सहभागी कार्यक्रममा मञ्चमै पुगेर दुर्व्यवहार गरिएको भन्दै कारबाही गर्न भनेको हो।

Dadeldhura hospital

‘हिजो मिति २०८० जेठ १६ गते आयोजित एक कार्यक्रममा हाम्रो पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरूत्थानवादीहरूका मतियार अराजक तत्त्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो हल्ला गर्ने, नारावाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भर्त्सना गर्छ,’ पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा संलग्न रहेका उच्छृङ्ल तत्त्वहरुलाई सरकारले कठोर कारबाही गरोस्।’

Navadurga sun
Godawari sandesh

पुराना वामपन्थी नेताहरूले म‌ंगलबार अनामनगरमा भारतले नवनिर्मित संसद् भवनको भित्तामा नेपालका भूभागसमेत उल्लेख गरेर नक्सा राखेको बारे विमर्श गरेका थिए। कार्यक्रममा पुगेका केही युवाले खनालले राजावादीहरूको भावनामा चोट पुग्नेगरी अभिव्यक्ति दिने गरेको भन्दै प्रश्न उठाएका थिए।

समूहमा रहेका युवाले होहल्ला र नाराबाजी गर्न थालेपछि सुरक्षा फौज बोलाएर उनीहरूलाई बाहिर निकालिएको थियो। होहल्ला गर्नेमध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले  जानकारी दिए। उनीहरूलाई सिंहदरबार वृत्तमा राखिएको छ।

 

Loading...