दोधार चाँदनीमा सुख्खा बन्दरगाह निर्माण सुरु गरिने

काठमाडौँ- सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको कार्य प्रारम्भ गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दोधराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणको प्रारम्भ गरिने बताएका हुन् ।

एकीकृत जाँच चौकी, सुख्खा बन्दरगाह, कन्टेरन याड निर्माण, प्रयोगशाला स्तरोन्नति, लगायतका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको बताए ।

 

Loading...