बैतडीको एक विद्यालयमा तालाबन्दी

बैतडी- बैतडीको एक विद्यालयमा तालबन्दी गरिएको छ। विद्यालयमा कार्यरत एक शिक्षकको सरुवा गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्।

जिल्लाको पाटन नगरपालिका–३ स्थित बालकल्याण आधारभुत विद्यालयमा कार्यरत शिक्षक लक्ष्मीकान्त पनेरुको सरुवा गरेको भन्दै उक्त विद्यालयका विद्यालयहरुले विद्यालयमा तालाबन्दी गरेका छन्।

Navadurga sun

शिक्षक पनेरुको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडामा काज सरुवा गरिएको छ। नगर शिक्षा समितिले सरुवा गरेको भन्दै बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका अभिभावक दमन बिष्टले बताए।

शिक्षक पनेरुको सरुवा बदर गर्नुपर्ने विद्यार्थीहरुको माग छ। नगर शिक्षा समितिले भने शिक्षक पनेरुको आग्रहमा नै कार्यपालिका बैठकबाट निर्णय गरेर सिद्धेश्वर माविमा काजमा सरुवा गरिएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...