पहिरोले महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर खण्ड अवरूद्ध

Bhancha ghar0

दार्चुला- पहिरोका कारण महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर सडक खण्ड अवरूद्ध भएको छ । शनिबार रातिको वर्षाले राजमार्गको दार्चुला–गोकुलेश्वर खलंगा सडक खण्डको तेर्छालेकमा पहिरो खस्दा अवरुद्ध भएको हो ।

शनिबार रातिको वर्षाले हिलोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरो एक किलोमिटर क्षेत्रमा फैलिएको छ । सडक अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् । अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.