Satyawati
Division ban Pahalmanpur

कांग्रेस स्वस्थ आलोचना चाहान्छ : सभापति देउवा

Purbadhar dadeldhura

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले स्वस्थ आलोचनाको अपेक्षा सधैं राख्ने बताए । शनिबार नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको भन्दै लोकतन्त्रमा स्वस्थ आलोचना स्वभाविक हुने बताए ।

Malpot office dadeldhura

उनले भने, ‘कांग्रेस अरू पार्टी जस्तो हैन आलोचना सहनै नसक्ने । कांग्रेसलाई आलोचना चाहिन्छ । लोकतन्त्रमा स्वस्थ आलोचना गर्नुस् ।’ पार्टी भित्र र बाहिर राष्ट्रिय राजनीति र पार्टीकै आन्तरिक टसमसको चर्को आलोचना भइरहेको बेला सभापति देउवाले यस्तो धारणा राखेका हुन् ।

कांग्रेसमा लामो समयदेखि पार्टीको केन्द्रीय कमिटिको बैठक पनि बस्न सकेको छैन । एकलौटी ढंगले पार्टी सञ्चालन गरेको आरोप लाग्दै आएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...