भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालियो, कतिबेला मारिने हो ठेगान छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले यो लडाइँ पनि जनयुद्ध जस्तै कतिबेला घेराबन्दीमा परिने हो कतिबेला दुश्मनबाट मारिने हो भन्ने ठेगान नभएको बताएका हुन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ,’ प्रचण्डले भने, ‘ जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन, अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो, मारिने हो, दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन ।’

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा जस्तै अब भ्रष्टाचार र वेथितिविरुद्धको आन्दालेनमा पनि जनताले साथ दिने दाबी गरे । प्रधानमन्त्री प्रचण्डले केही समयभित्रै अझ ठूलठूला एक्सनहरु हुनेसमेत बताए । त्यो एक्सनले पार्ने तरंग पनि ठूलठूलो हुने उनको भनाइ छ । अब भ्रष्टाचारविरुद्ध एक्सन लिनुको विकलल्प नभएको उनले बताए ।

‘अहिले नदेखिएको मात्रै हो । केही समयभित्रै ठुलाठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं,’ प्रचण्डले भने ।

 

 

Loading...