जसपा प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

Dadeldhura hospital

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) को प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन्। उनलाई पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार पार्टीको प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

संघीय संसद सचिवालय, सिंहदरबालाई एक पत्र लेख्दै यादवलाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी गराइएको छ।  पर्सा १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवलाई पार्टीको विधानको धारा १३ (१) अनुसार नियुक्त गरिएको हो।

साथै उनलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन तथा नियमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिने व्यवस्था गराउन समेत संसद सचिवालयलाई अनुरोध गरिएको छ।

Navadurga sun
Godawari sandesh
Loading...