कैलालीमा खैरो हेरोइनसहित १ जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–२ कटघरका २१ वर्षीय दिपेश चन्द खैरो हेरोइन सहित टीकापुर नगरपालिका –९ मा पक्राउ परेका हुन्।

चन्द भारतबाट नेपाल आइरहेका बेला चेकजाँच गर्दा दाहिने खुट्टाको जुत्ताभित्र लुकाई छिपाई ल्याइरहेको अवस्थामा ५ ग्राम लागुऔष फेलापरि पक्राउ परेका हुन्।प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...