स्वास्थ्य चौकीलाई आइ.सी.यु.सहितको सुविधा सम्पन्न नगर अस्पताल बनाउने योजना : नगरप्रमुख ओझा

अत्तरिया- कृष्णपुर नगरपालिकाको सदरमुकाम गुलरीया बजार क्षेत्रमै रहेको स्वास्थ्य चौकी नमुना स्वाथ्य चौकीको रुपमा अगाडी बढ्न थालेको छ । नगरपालिकाको कार्यालयसँगै जोडिएको उक्त स्वाथ्य चौकीमा चिकित्सक सहितको सेवा पाउन थालेपछि पछिल्लो समय सेवाग्राहीको भिड लाग्ने गरेको छ ।

आफ्नै घर आँगनमा चिकित्सक सहितको सेवा पाएपछि आफू एकदम खुशी भएको स्थानीय नविना कठायतले बताइन । त्यस्तै वडा न.५कै सेवाग्राही अनिता बिकले सुरुमा स-सानो स्वास्थ्य समस्या पर्दा पनि आफूहरु धनगढी,महेन्द्रनगर जाने गरेको भएपनि अहिले भने अत्यन्तै सजिलो भएको बताउँछन ।

Navadurga sun

२०५० सालमा उपस्वास्थ्य चौकीको रुपमा स्थापना भएको कृष्णपुर स्वास्थ्य चौकीमा हाल २४औं घण्टा आकस्मिक सेवा प्रदान गर्दै आएको छ । दर्ता पुर्जा, निःशुल्क प्रयोगशाला सेवा, चिकित्सक सहितको ओ.पी.डी.सेवा, निःशुल्क औषधी, सुत्केरी महिला तथा जेष्ठ नागरीकलाई निःशुल्क एम्बुलेन्स सेवा, उपमेयर सुत्केरी स्याहार कार्यक्रम, बाल स्वास्थ्य कार्यक्रम, गर्भवतीलाई निःशुल्क झुल वितरण, निःशुल्क रगत, आमा स्वास्थ्य कार्यक्रम, नागरीक आरोग्य सेवा केन्द्र (आयुर्वेद) सञ्चालनमा रहेको छ ।

हाल २२ जना कर्मचारी सहित सेवा दिदै आएको कृष्णपुर स्वास्थ्य चौकीलाई आइ.सी.यु.सहितको सुविधा सम्पन्न नगर अस्पताल बनाउने योजना रहेको नगरप्रमुख हेमराज ओझा बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...