क्याफेमा यौनधन्दा सञ्चालन गर्ने सञ्चालक पक्राउ

काभ्रे- काभ्रेबाट किशोरीलाई यौनधन्दामा लगाउने युवक पक्राउ परेका छन् । जिल्लाको रोशी गाउँपालिका ६ घर भई हाल बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका २९ वर्षीय राधाकृष्ण मैनाली पक्राउ परेका हुन् ।

Dadeldhura hospital

ईलाका प्रहरी कार्यालय बनेपाका अनुसार बनेपा–८ मा रहेको लामा क्याफेमा अनैतिक क्रियाकलाप भइरहेको गोप्य सूचनाको आधारमा उनलाई जेष्ठ ५ गते साँझ ५ः३० पक्राउ गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त होटलमा ३ जना किशोरीहरूलाई यौनधन्दामा लगाइएको जानकारी प्राप्त भएपश्चात अनुगमनमा जाँदा अनैतिक क्रियाकलाप गर्दै गरेको भेटिएपछि त्यहाँका किशोरीहरूलाई उद्धार गरिएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ बमोजिम काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट ७ दिने म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

Loading...