बझाङ हिमपहिरो : बेपत्तामध्ये दुई महिला मृत भेटिए, एक किशोरीको अवस्था अझै अज्ञात

धनगढी- बझाङको सुर्मा गाउँपालिका– २ स्थित धानसेरीमा हिमपहिरोमा परेर बेपत्तामध्ये दुईजना मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्मा गाउँपालिका–३ की ४० वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामीका शव फेला परेका हुन्। उनीहरुको शव स्थानीयले भेट्टाएको प्रहरीले जनाएको छ।

हिमपहिरोमा बेपत्ता जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था अझै अज्ञात छ। सुर्मा गाउँपालिका–३ का ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका–११ का १४ वर्षीय आकाश धामी हिमपहिरोमा परी घाइते भएका छन्।

Navadurga sun

उपचारका लागि घाइते र पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल चैनपुर ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।

यार्सा संकलन गर्न पुगेका उनीहरु आइतबार हिमपहिरोमा पुरिएका थिए। उनीहरुको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आइतबार नै त्यसतर्फ गएको छ। तर कठिन र लामो बाटोका कारण सुरक्षाकर्मीको टोली अझै नपुगेको प्रहरी निरीक्षक अवस्थीले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...