बझाङमा यार्चागुम्बा संकलन गर्न गएका दुई जना घाइते‚ तीन जना बेपत्ता

धनगढी- बझाङमा यार्चागुम्बा संकलनका लागि लेकतिर गएका दुई जना घाइते र तीन जना बेपत्ता भएका छन्। आइतबार हिमपहिरोमा परेर जिल्लाको सुर्मा गाउँपालिका–२ को धनसेरा भन्ने ठाउँबाट उनीहरू बेपत्ता भएका हुन्। उक्त क्षेत्र सुर्मा गाउँपालिका र साइपाल गाउँपालिकाको सिमानामा पर्छ।

आइतवार बिहान १० बजेतिर यार्चागुम्बा संकलनका लागि गएका पाँच जना हिमपहिरोमा परेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए। उनले तीमध्ये दुई जना घाइते भएको पनि बताए।

Navadurga sun

उनका अनुसार अहिले त्यस क्षेत्रतर्फ जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरीको टोली उद्धारका लागि हिँडेको छ। घटनास्थल निकै टाढा र त्यहाँ सडकको सञ्जाल नजोडिएकाले प्रहरी टोली पुग्न केही समय लाग्ने बताइएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...