थ्रेसरको पट्टामा बेरिएर बालकको मृत्यु

Dadeldhura hospital

दार्चुला- नौगाड गाउँपालिका-४ मा गहुँ चुट्ने थ्रेसरको पट्टामा बेरिएर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार दिउँसो नौगाड गाउँपालिका- ४ सिप्टीस्थित मल्लामट्टे बस्ने कक्षा ५ मा अद्ययनरत १३ वर्षीय बालक विनोद सिंह धामी गहुँ चुट्ने थ्रेसरको पट्टामा बेरिएर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घरभन्दा ५ सय मिटर टाढा गहुँ चुटिरहेको अवस्थामा थ्रेसरको पट्टामा धामीले लगाएको ज्याकेट बेरिन गइ घाइते भएको थिए । घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा शुक्रबार बेलुकी साढे ८ बजे गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ

 

 

Navadurga sun
Godawari sandesh
Loading...