


काठमाडौं- एमाले अध्यक्ष केपी ओलीको भुटानी शरणार्थी प्रकरणबारे तथ्य खोल्ने घोषणा गरिएको सम्बोधन प्रधानमन्त्रीसँग प्रश्नोत्तरका कारण स्थगित भएको छ । २८ वैशाखमा पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले शरणार्थी प्रकरणमा संलग्नको तथ्य प्रस्तुत गर्ने बताएका थिए ।


‘प्रधानमन्त्रीको प्रश्नोत्तरको दिन अन्य समय नराख्ने भन्ने अभ्यास रहेछ । त्यसैले अध्यक्ष केपी ओलीको सम्बोधन बिहीबार नहुने भयो, अर्को दिनमा गर्ने गरी स्थगित गरिएको छ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने ।

