तीन दिनभित्र माग पूरा नगरे सरकार छाड्ने नाउपाको चेतावनी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएको छ। आज पत्रकार सम्मेलन गर्दै नाउपाका नेता लक्ष्मण थारु (चौधरी) ले सरकारले तीन दिनभित्र माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिएका हुन्।

उनले सरकारले टीकापुर घटनाको मुद्दालाई राजनीतिक रुपमा व्याख्या नगरेको भन्दै आपत्ति जनाए। उनले भने,‘तीन दिनभित्र हाम्रो माग सुनुवाइ भएन भने हामी सरकारको सहभागिताबारे सोच्न बाध्य हुनेछौं।’

Navadurga sun
Godawari sandesh

उनले सरकारलाई बुझाएको लाल आयोग, देवीलाल शर्माको प्रतिवेदन सरकारले किन सार्वजनिक नगरेर रोकेको हो भन्दै प्रश्न गरे। उनले रेशम चौधरीले थारुहरुको अधिकारका लागि लडेकाले उनी निर्दोष भएको बताए।

Dadeldhura hospital

थारुले भने, ‘हामीले सबैसँग कुरा गरेका छौं। सबैले यो राजनीतिक आन्दोलन भएको बताउनु भएको छ। ’उनले हाम्रो अबको आन्दोलन पनि शान्तिपूर्ण हुने बताए।

जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो। वि.सं. २०७७ पुस ३ गते उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको मंगलबारको इजलासले मुद्दामा सुनुवाइ गर्दै चौधरीलाई जन्मकैदको फैसला गरेको हो।

यसको विरोधमा नागरिक उन्मुक्तिले तीनदिन भित्र माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ। उनले सर्वोच्च अदालतप्रति कुनै गुनासो नभएपनि सरकारप्रति गुनासो भएको उल्लेख गरे।

Loading...