सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प छैन्ः रेशम चौधरी

Dadeldhura hospital

काठमाडौं- टिकापुर घटनामा जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन्।  मंगलबार सर्वोच्चले आफूलाई जन्मकैदको फैसला सुनाएपछि बुधबार एक विज्ञप्ति जारी गर्दै नेता चौधरीले अदालतले गरेको फैसलामा आफूलाई न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नरहेको बताएका हुन्।

‘जेष्ठ २ गते सम्माननीय सर्वोच्च सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ।

हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौ, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ,’ उनले भनेका छन्।अहिले टीकापुर घटनाको फैसलालाई अर्नगल बनाउँ‌दै जथाभावी सामाजिक संजालमा जे पायो त्यहि पोष्ट नगर्न समेत चौधरीले अनुरोध गरेका छन्।

‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालय प्रति भरोसा छ। हामी अझै न्यायिक पर्वाहमा छौं। त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको हुँ।

म डिल्लीबजार कारागारमा धैर्य, सहनशिलताका साथ कैद भुक्तान गरिरहेको छु। स्वस्थ छु। रत्तिभर म विचलित छैन। पुस्तक लेखिरहेको छु। केहिदिनमा धरातल नामक पुस्तकका साथ तपाई समझ साक्षात हुनेछु भन्दै विदा चाहन्छु,’ चौधरीले भनेका छन्।

 

Navadurga sun
Godawari sandesh
Loading...