धनगढीमा ब्राउन सुगर सहित ३ जना पक्राउ

धनगढी, २४ जेठ- जिल्ला प्रहरी कार्यालय कैलालीले लागू औषध सहित १ जना पुरुष र २ जना महिलालाई पक्राउ गरेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

प्रहरीले ६ ग्राम १७५ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित धनगढी उप-महानगरपालिका वडा नं. २ बस्ने २५ बर्षीय संजिप सिंह, सोही उप-महानगरपालिका वडा नं. ७ बस्ने २० वर्षीया मैना साउँद र बैतडी घर भई हाल धनगढी उप-महानगरपालीका वडा नं. २ बस्ने ३५ वर्षीया लक्ष्मी भट्टलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई डेरामा बस्ने लक्ष्मी भट्टको कोठाबाट पक्राउ गरेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh

भट्टको कोठामा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा कोठाबाट खैरो हिरोइन टेबुल मुनी लुकाई राखेको अवस्थामा ६ ग्राम १७५ मिलिग्राम, ६ ट्याब्लेट नाइट्रोभेट र लागू औषध बेचबिखन गर्न नापतौल गर्ने डिजिटल तराजु १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरु तीनै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Couple
Loading...