

काठमाडौं- कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज पनि बहस हुने भएको छ । यो मुद्दा हिजो हेर्दाहेर्दैमा राखिएको थियो ।



हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो ।


यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलले टीकापुर घटनामा चौधरीसहितका व्यक्तिलाई दोषी ठहर गरेको थियो । चौधरी अहिले डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।
जेलबाटै उनले आफूहरू निर्दोष रहेको दाबी गर्दै उच्च अदालतको फैसला बदर हुनुपर्ने जिकिरसहित पुनरावेदन गरेका थिए । रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ ।