दोषी जोगाउन षड्यन्त्र भए इतिहासले माफी दिने छैन : रावल

काठमाडौँ- नेकपा एमालेका नेता डा. भीम रावलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नलाई जोगाउन खोज्नेलाई इतिहासले माफ नदिने बताएका छन्। उच्च राजनीतिक तहबाट दोषी जोगाउन षडयन्त्र भइरहेको समाचार प्रकाशित भएपछि प्रतिक्रिया जनाउँदै उनले यस्तो बताएका हुन्।

Dadeldhura hospital

सञ्चारमाध्यममा ठगी कसुरमा मात्रै मुद्दा चलाएर मुद्दा कमजोर पार्न प्रहरीलाई उच्च राजनीतिक दलको दबाबको समाचार प्रकाशित भएपछि उनले त्यसो गर्नु आफैमा अपाराधिक भएको बताए।

Navadurga sun
Godawari sandesh

उनले भनेका छन्, ‘राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी,शहीदको रगतको अपमान,संविधान,कानून र शासन प्रणाली मिच्ने अपराधिक कर्म हुनेछ,इतिहासले माफी दिने छैन।’

 

 

Loading...