दार्चुलामा यार्सा संकलनका क्रममा चट्याङ लागेर तीनजना घाइते

दार्चुला- दार्चुलामा चट्याङ लागेर तीनजना घाइते भएका छन्। यार्सागुम्बा संकलनका लागि व्याँस गाउँपालिका–२ हुङदुङली वन पुगेका दुहुँ गाउँपालिका १ का मानसिह महर, आनसिह महर र वडा नम्बर २ का महेशसिह बडाल घाइते भएका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

शनिबार राति चट्याङ लागेर घाइते भएका तीन जनालाई उद्दारको लागि कठिनाई भएको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बताए। मानिस गएर तत्कालै उद्धार गर्न सकिने अवस्था नभएको उनले बताए। घाइतेको उद्दारको लागि जिल्ला प्रशासन कार्यालयमार्फत हेलिकप्टरको व्यवस्थापनको लागि पहल भइरहको छ।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले घाइतेहरु निकै टाढाको वनमा गएको हुँदा ल्याउन समस्या भएको बताए। घाइतेको अवस्था के कस्तो हो भन्ने एकिन जानकारी नआएको उनले बताए।

 

Couple
Loading...