दार्चुलामा नदीको ढुङ्गामा अड्किएको अवस्थामा शव फेला

दार्चुला- दार्चुलामा नदीको ढुङ्गामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। दार्चुला प्रहरीले शनिवार बिहान महाकाली नगरपालिका वडा नम्बर–५ स्थित महाकाली नदीको ढुङ्गामा अड्किएको अवस्थामा पुरुष शव फेला परेको जनाएको छ।

Dadeldhura hospital

मृतक अन्दाजी ३०/३५ वर्षीय पुरुषको शवको पहिचान हुन सकेको छैन् ।मृतकले लगाएको ट्रयाकको खल्तीमा अन्जानी टुर एण्ड ट्राभल्स (टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरीद्दार, देहरादुन, दिल्ली) लेखेको भिजिटिङ कार्ड फेला परेको छ। प्रहरी टोलीले उक्त शवलाई नदीबाट निकाली जिल्ला अस्पताल दार्चुलाको लास घरमा राखेको जनाएको छ।

Navadurga sun
Godawari sandesh

 

 

 

Loading...