कांग्रेस नेत्री आरजु काठमाडौंमै, सिंगापुर गएको हल्ला निराधार

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा। आरजु राणा देउवा भागेर सिंगापुर गएको हल्ला निराधार भएको सचिवालयले जनाएको छ ।

Dadeldhura hospital

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले भन्नुभयो, ‘‘उहाँ काठमाडौंमै हुनुहुन्छ, सामाजिक सञ्जालमा चलाएका हल्ला निराधार हुन‍्।’’

Navadurga sun
Godawari sandesh

डा. आरजु सभापति देउवाकी श्रीमती हुनुहुन्छ । स्वकीय सचिव देउवाका अनुसार, उहाँ हिजो कांग्रेस नेता अजय चौरसियाको छोराको विवाह समारोहमा भाग लिन वीरगञ्ज जानुभएको थियो, त्यसपछि हिजै हेटौंडामा एउटा मार्टको उद्घाटन र महिला सशक्तीकरणका लागि प्रदेश सरकारको भूमिका विषय अन्तरक्रियामा सहभागी भई काठमाडौं फर्कनुभएको छ ।

एउटा युट्युब च्यानलले ‘आरजु वीरगञ्जबाट भारत हुँदै सिंगापुर गएको’ भन्ने सामग्री प्रसारण गरेको थियो ।

Loading...