आजबाट सुरु हुँदै फिफा विश्वकप २०२६ : तीन देशमा भव्य उद्घाटन, ४८ राष्ट्रबीच उपाधिको महायुद्ध

काठमाण्डौ- विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजबाट अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा सुरु हुँदैछ। पहिलोपटक ४८ राष्ट्र सहभागी हुने यस संस्करणमा कुल १ सय ४ खेल खेलिनेछन्, जसले विश्वकप इतिहासमै नयाँ कीर्तिमान कायम गर्नेछ।

Ganyapdhura gau
Dadhaldhura pur

मेक्सिको सिटीस्थित ऐतिहासिक स्टेडियमबाट उद्घाटन समारोहको सुरुवात हुनेछ भने आयोजक राष्ट्रहरूले आ–आफ्नो शैलीमा भव्य कार्यक्रम आयोजना गरेका छन्। मेक्सिको, क्यानाडा र अमेरिकामा छुट्टाछुट्टै उद्घाटन समारोह आयोजना गरिनु यस विश्वकपको अर्को विशेषता बनेको छ।

Navadurga sun

उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्। त्यसपछि क्यानाडाले बोस्निया हर्जगोबिनासँग तथा अमेरिकाले पाराग्वेसँग प्रतिस्पर्धा गर्दै आफ्नो अभियान सुरु गर्नेछन्। विश्वभरका करोडौं फुटबल समर्थकको ध्यान तानेको यो प्रतियोगितालाई खेल इतिहासकै सबैभन्दा विशाल र रोमाञ्चक विश्वकपका रूपमा हेरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...