आज देशभर बदली, विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

नेपालमा पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण आज देशभर सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा मधेससहित विभिन्न तराई क्षेत्र र कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Navadurga sun

आज राति पनि देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम, लुम्बिनी, कोशी, मधेस, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...