गेटा अस्पतालको बेथितिविरुद्ध आन्दोलन जारी, माग पूरा नभएसम्म संघर्ष जारी रहने

लक्ष्मी भट्ट/अत्तरिया- गेटा अस्पतालको बेथितिविरुद्ध गठित संघर्ष समितिले जेठ २४ गतेदेखि निरन्तर आन्दोलन गरिरहेको छ। समितिले आफ्ना १२ बुँदे माग पूरा गराउन विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

जेठ २७ गते सिटी बजाएर विरोध प्रदर्शन गरेको समितिले आज जेठ २८ गते र्‍याली निकाल्दै आफ्ना मागसम्बन्धी नाराबाजीसहित आन्दोलनलाई निरन्तरता दिएको छ। आजको आन्दोलन संघर्ष समितिका सचिव भरत खड्का ले सञ्चालन गरेका थिए।

Navadurga sun

संघर्ष समितिका अध्यक्ष गणेश बिष्ट ले मागहरू पूरा नहुन्जेल आन्दोलन जारी रहने र आवश्यकताअनुसार आन्दोलनको स्वरूप परिवर्तन गरिने बताउनुभयो। उहाँले आन्दोलनका क्रममा हालसम्म अस्पताल व्यवस्थापन समितिले कुनै चासो नदेखाएको आरोप लगाउँदै सञ्चारमाध्यममार्फत एकतर्फी धारणा सार्वजनिक गरिएको टिप्पणी गर्नुभयो।

अध्यक्ष बिष्टले हालको आन्दोलन सानो झिल्काजस्तो देखिए पनि भविष्यमा ठूलो आन्दोलनको रूप लिन सक्ने चेतावनी दिँदै यसलाई सामान्य रूपमा नलिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो। समितिले अस्पताल सुधार तथा व्यवस्थापनसँग सम्बन्धित विभिन्न १२ वटा माग अघि सारेर आन्दोलन गरिरहेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...