सामाजिक सुरक्षा कोषको सुविधा अब धनगढीको निसर्ग अस्पतालमा पनि

धनगढी- सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताहरूले अब धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बाट समेत कोष अन्तर्गतको उपचार सेवा प्राप्त गर्न सक्ने भएका छन्।

अस्पतालका प्रशासन प्रमुख रामप्रसाद ओझाका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत व्यक्तिहरूलाई अस्पतालमार्फत उपचार सेवा उपलब्ध गराइँदै आएको छ। यसबाट सुदूरपश्चिमका हजारौं श्रमिक तथा उनीहरूका परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ।

Navadurga sun

सामाजिक सुरक्षा कोषमा नियमित योगदान गरिरहेका व्यक्तिहरूले निसर्ग अस्पतालमा उपचार गराउँदा तोकिएको मापदण्डअनुसार उपचार खर्चको ८० प्रतिशत रकम कोषबाट र २० प्रतिशत रकम स्वयं सेवाग्राहीले व्यहोर्नुपर्ने व्यवस्था रहेको छ।

कोष अन्तर्गतको औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजनामा आबद्ध योगदानकर्ताले एक वर्षमा अधिकतम एक लाख रुपैयाँसम्म उपचार सुविधा पाउन सक्नेछन्। यसका लागि कम्तीमा तीन महिना नियमित रूपमा कोषमा योगदान गरेको हुनुपर्ने व्यवस्था छ।

उपचार सेवा लिएपछि चिकित्सकको प्रेस्क्रिप्सन, औषधि तथा उपचारसम्बन्धी सक्कल बिल, सामाजिक सुरक्षा कोषको परिचयपत्रलगायत आवश्यक कागजात पेश गरी दाबी प्रक्रिया पूरा गर्न सकिने अस्पतालले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...