कर्मचारी नियुक्तिमा भागबण्डा : तीन दलका तीन ओभरसियर

बझाङ- बझाङको जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले दलीय भागबण्डाका आधारमा कर्मचारी नियुक्त भएको खुलासा गरेका छन्। बुधबार विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाउन नगरपालिका गएका नेकपा एमालेका नेताहरूसँग कुरा गर्दै नगरप्रमुख बजालले उक्त कुरा खुलासा गरेका हुन्।

‘तपाईंहरूलाई पनि थाहा भएकै कुरा त हो। हामीले तीन दललाई भागबण्डा गरेका हौँ। एकजना तपाईंहरूको पार्टीको राख्यौं। दुईजना अन्य पार्टीका छन्। सरसल्लाह गर्दा विज्ञापन नगरे पनि हुन्छ भनेपछि भर्ना गरेका हौँ,’नगर प्रमुख बजालले भने।’

Navadurga sun

तीन दलकै सहमतिमा परामर्श सेवाअन्तर्गत तीनजना ओभरसियर नियुक्त गरिएको हो। नगरपालिकाले विज्ञापनबिनै कर्मचारी भर्ना गरेको भीडीयो सार्वजनिक भएको छ। नगरप्रमुख बजाले कर्मचारी नियुक्तिमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एमाले गरी तीन दललाई भागबण्डा गरिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...