टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको छ। पार्टीका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सहयोग पुर्‍याउनका निम्ति निलम्बन गरिएको जानकारी दिएका छन्।

Dadeldhura hospital

‘हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो। केन्द्रीय सचिवालयको उक्त निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यससम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

Navadurga sun
Godawari sandesh

एमालेले रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरेको भन्दै गम्भीर ध्यानाकर्षणसमेत जनाएको छ। ‘हामी विधिको शासनमा विश्वास गर्दछौं। राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सोही मान्यताअनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो। उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो। तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित हुनुभएन।’

Loading...