टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं- प्रहरीले फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको ललितपुर सातदोबाटोस्थित घरमा प्रहरीले मंगलबार दिउँसो छापा मारेको हो।

Dadeldhura hospital

वैशाख २० गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घरमा छापा मारेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले रायमाझीको घरमा छापा मारेको पुष्टि गरे।

Navadurga sun
Godawari sandesh

रायमाझी भारत भागेको आशंकामा सिआईबीको टोली पनि परिचालित भएको छ। साथै प्रहरीले उनलाई पक्राउ गर्न ७७ वटै जिल्लाका प्रहरी युनिटलाई पत्राचार गरेको छ।

Loading...