महाकाली सिँचाइ नहर अतिक्रमण हटाउन ७ दिने अल्टिमेटम

कञ्चनपुर- महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल नहरको सीमाभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन सातदिने अल्टिमेटम दिइएको छ।

Dadeldhura hospital

मङगलबार महाकाली सिँचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरले एक सूचना जारी गरी महाकाली सिँचाइको मूल नहर तथा शाखा नहरहरूको सीमाभित्र स्वीकृतिबिना स्थायी र अस्थायी घरटहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, नहर पुरेर बाटो बनाउने, नहर संरचना भत्काउने, ढल तथा पानी नहरमा मिसाउने तथा नहरको पानीलाई अवरोध पुर्याउने कार्य गरेको पाइएकाले सात दिनभित्र भत्काउन वा हटाउन आग्रह गरेको हो।

Navadurga sun
Godawari sandesh

सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख प्रमोद तिम्सिनाल तोकिएको समयमा संरचना नहटाए आवश्यक कारबाहीका साथै सो कार्यमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने बताए।

उनले सिँचाइको पहिलो र दोस्रो चरणअन्र्तगत ७५ किलोमिटर मूल नहरमध्ये करिब २० किलोमिटर नहरको दायाँ बायाँ अतिक्रमण गरिएको जानकारी दिए। केही दिनअघि महेन्द्रनगरस्थित डिभिजन सडक कार्यालयले पनि गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्मको १२६ किलोमिटर महेन्द्र राजमार्गको अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको थियो। रासस

Loading...